३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको बताउँदै भारतबाट गाडी चोरेर ल्याएर झापाको बिर्तामोडमा टुक्राएर बेचेको आरोप समेत लगाए ।

उनले भने,‘राप्रपाका राजेन्द्र लिङ्देनले मलाई बैंक ठग भन्थे । अब उनलाई भनिदिनु १५ गते जुन धोका दियौं, अब जीवनमा तिमीले धोका दिन सक्दैनौं । तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेचेर भात खाने म होईन् । १५ गते राप्रपाले मिलेर छुरी हानेको छ, म बाँच्न सफल भएको मान्छे हुँ ।’

त्यस्तै उनले राजनीतिक दल खोल्ने घोषणा समेत गरेका छन् ।राजनीतिमा संलग्न हुने रहर पटक्कै नभएको भन्दै राजनीतिले बिगारेकोसुधारका लागि राजनीतिमा संलग्न हुन आफू बाध्य भएको उनले बताए ।
‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मुलुकको वर्तमान अवस्था देश र जनतामाथि भएको लुटपाटलाई टुलुटुलु हेरेर बस्न सक्दिन् ।

शातसँग अनुभूत गर्न सकिन । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिमा संलग्न हुने रहर पटक्कै थिएन । राजनीतिले बिगारेको समाजलाई सुधार गर्नका लागि राजनीतिमा संलग्न हुन बाध्य भएका छौं । म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोलेर दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु,’ उनले भने

अभियान मात्र चलाउँदा कोठामा ताला लगाउने भएकाले संविधान अनुसार आइज पार्टी खोल भन्नेहरु धेरै भएको भन्दै अब केही समयमा नै दलको नाम सार्वजनिक गरिने उनले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि