२८ आश्विन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर ‘गुण्डा’ नामक इरसाद खान पक्राउ

जनकपुर । समाजिक सञ्जाल टिकटकमा हिन्दुहरुलाई गाली गलोज र धम्की दिने भिडियो बनाउँदै आएका जनकपुरधामका टिकटकर इरसाद खान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई बिहीबार पक्राउ गरेको हो ।

उनले ‘गुण्डा’ नाम गरेको टिकटक आईडी बनाएर खुलेआम हिन्दूहरुलाई गाली गर्नुका साथै मार्ने धम्की दिँदै आएका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए ।

खानले विदेशमा हुँदा समेत हिन्दु धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैरसमाजिक वक्तत्व दिने, छाडा गतिविधि गर्दै आएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि