Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

News and Updates
3 घण्टा अघि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा जर्मनी, फिनल्याण्ड, बुर्किनाफासो र कम्बोडियाका लागि नियुक्त राजदूतहरूले प्रमाणपत्र पेश गरेका हुन् ।

जर्मनीका लागि आवासीय राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका लागि आवासीय राजदूत पेट्री जुहानी पूहक्क, बुर्किना फासोका लागि गैरआवासीय राजदूत डेसिरे बोनिफास सोम र कम्बोडियाका लागि गैरआवासीय राजदूत राथ म्यानीले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई राजधानीस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया