१२ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

भोली जनकपुरधाम आउँदै प्रधानमन्त्री ओली

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (भोली) जनकपुरधाम आउने भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली साउन ३० गते जनकपुरधाम आउने कार्यक्रम तय भएको छ ।

करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा बनेको सुविधासम्पन्न भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

सो भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीलाई २०८० असोज १० गते लिएको थियो भने सम्झौता अवधि २०८२ असार मसान्तसम्मको रहेको थियो ।

मन्त्रालयअन्तर्गत सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस अघि प्रदेश प्रहरी भवन भाडामा लिइएको भवनमा रहेको थियो ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई दृष्टिगत गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि