२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले गल्ति नगरेको भए जस्तो सुकै छानबिन आयोग आएपनि डराउन नपर्ने बताएका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वा शुशिला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे ।

उनले बदमासि गर्नेले सजाय पाउने भन्दै उच्च स्तरको छानबिन समिति गठन गर्न आग्रह गरे ।‘भिजिट भिसाको काण्डले यो सदनमा मात्र होइन विदेशमा बसेका हाम्रा नेपालीहरुको शिर निहुराउने अवस्थामा पुगिसकेको छ ।

राप्रपाले भिजिट भिसाको विरोध गरेको होइन तर भिजिट भिसाका नाममा नेपालीसँग तल देखि माथिल्लो तह सम्मका मान्छेहरुको मिलिमत्तोमा पटक पटक पैसा असुलीधन्दा निरन्तर चलि रहेको छ । त्यसैले उच्च स्तरको छानबिन समितिहोस् भन्दै माग राख्दै आएको छ ।

उच्च स्तरिय आयोग बनाउन कस्ले रोकेको छ । यो सदनका सम्पूर्ण माननियसँग म अनुरोध गर्न चाहान्छु कल्याण श्रेष्ठ या शुशिला कार्कीको अध्यक्षतामा यो छानबिन समिति गर्रौँ यदी बदमासि यदी कसैले गरेको छ भनेदेखि सजाय उस्ले पाउन पर्छ । जस्ले बदमासि गरेको छैन भने जस्तो सुकै छानबिन आयोग बनाए पनि के फरक पर्छ ’ उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि