१२ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

चौध वर्षमा पनि बनेन कमलामा पुल

सिरहा, २८ साउनः कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ ।

सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन् । हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने उनको दैनिकी छ । पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन”, उनले भने ।

सामान्यतया वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो । तर बर्खासँगै आएको बाढीले काठको पुल बगाएपछि अब डुङ्गामात्रै एक विकल्प बनेको छ । नदीपार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रीलाई डुङ्गा प्रयोगको प्रति मोटरसाइकल रु १०० र प्रतिव्यक्ति रु ५० तिर्नुपर्ने बाध्यता छ ।

कमलामा स्थायी पुल अभावको प्रत्यक्ष असर स्वास्थ्य सेवामा पुगेको छ । सिरहा अस्पतालबाट जनकपुर रेफर गरिएका बिरामीलाई घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ । प्रादेशिक अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा सुनिलप्रसाद कुशवाहाका अनुसार पारिपट्टि नदी सिमानाका धनुषावासी बिरामीका लागि नजिक भए पनि उनीहरू जनकपुरसम्म जानुपर्ने बाध्यता छ । नदीवारि कोही गम्भीर प्रकृतिका बिरामीका लागि लामो र घुमाउरो बाटोबाट ढिला गरी लैजाँदा बाटैमा मृत्यु हुनसक्ने सम्भावना छ ।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पुल नहुँदा पैदलयात्रीले बाँसको फड्के वा डुङ्गाबाट नदीपार गर्नुपर्ने अवस्था छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि