१२ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

बलान नदीमा डुबेर बालक बेपत्ता

सिरहा, २७ साउनः यहाँको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् ।

सोमबार बिहान नुहाउने क्रममा डुबेका घनश्यामको खोजी कार्य जारी रहे पनि साँझसम्म फेला परेका छैनन् । बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नं ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।

बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ उनले बताए। नदीमा अत्यधिक बालुवा जमेको छ, जसले बालकलाई पुरेको हुनसक्ने अनुमान गरेका छौँ, उनले भने ।

नदीको बहाव, पानीको गहिराइ र जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले प्रदेश कार्यालय बर्दिबास मार्फत गोताखोर टोलीको माग गरेको थियो । सो टोली सोमबार बिहान मात्र घटनास्थलमा पुग्ने जनाइएको छ ।

नदीले बालकलाई बगाएर भारतीय सीमा पार गराएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षाकर्मी सँग समन्वय गरिएको भण्डारीले बताए । बालक बेपत्ता भएपछि गाउँ शोकमा डुबेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि