Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

करेन्ट लागेर किसानको मृत्यु

रातो कागज
2 घण्टा अघि

राजविराज सप्तरी, २३ साउन ः आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ ।

स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ । उनका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया