Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु

रातो कागज
2 घण्टा अघि

सप्तरी । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पु¥याइएको थियो । उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।

उनका अनुसार तस्करको समूहले प्रहरी टोलीमाथि डुङ्गामुढा लगायतले आक्रमण गरेको थियो । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकको गाउमा भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचनाको आधारमा प्रहरी टोली त्यहा पुगेको थियो ।

यस  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया