रातो कागज

काठमाडौं । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्लामाकुनै सत्यता नभएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिने समेत जानकारी दिए ।
पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमागम्भिर समस्या देखिन थालेको बताए । उनले भने, ‘संसदवादीदलहरु सत्तार स्वार्थमा लिप्त हुँदाको परिणामराष्ट्रिय स्वाधिनतामा खतराको घण्टी बज्न थालेको छ ।यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागितेस्रो जनआन्दोलनको तयारी गर्ने निर्णयबैठकले गरेको छ ।’
यस्तै, उनले कमरेड लेनिनद्वारा प्रस्तावित जनवादी केन्द्रीयतको संगठनात्मक विधिमाविकास गर्दै नेतृत्व प्रणाली र मूल्यांकन विधिको नीति तय गरिएको बताए । बास्तोलाले अमेरिका लगायतकाहरुले विश्वका श्रमजीवी जनता र कमजोर राष्ट्रमाथि युद्ध थोपरेको आरोपल गाउँदै भने,‘यसले गर्दा विश्व विस्फोटको संघारमा पुगेको छ ।
त्यसैले उसका विरुद्ध उत्पीडित जनता र राष्ट्रहरुले प्रतिवादगर्न जरुरी भएको छ । साम्राज्यवादले थोपरेको युद्ध तत्काल बन्द गर्न, मानव संहार रोक्न हाम्रो पार्टीले आह्वान गरेको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया