१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

हाजिरीको विषयमा विवाद हुँदा थारू आयोगकी सदस्य मोदीले कार्यबाहक अध्यक्ष सिंहलाई कार्यकक्षभित्रै थुनिन्

काठमाडौं। थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्‍य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् । हाजिरीको विषयमा विवाद हुँदा कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइ दिएकी हुन् । त्यसपछि पुगेको प्रहरीले ताला खुलाएर कार्यबाहक सिंहलाई बाहिर निकालेको छ ।

आयोगका सदस्‍य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्‍दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यबाहक अध्यक्ष सुवोध सिंह थारूले बताए ।

उनले भने, ‘ उहाँ (माननीय शान्ति मोदी)एक हप्ताको बिदा लिनुभयो। हामीले दियौं। तर, उहाँ एक महिना बेपत्ता हुनुभयो। हामीले खोजीनीति गर्‍यौं।कुनै सम्पर्कमा आउनुभएन। अहिले उहाँ पूरै महिनाको हाजिरी गर्न दिनुपर्छ भनेर विवाद झिक्नुभयो। म कार्यकक्षमा काम गरिरहेका बेला बाहिरबाट ताला लगाइदिनुभयो।’

‘दिउँसो साढे १२ बजेदेखि विवाद सुरू भएपछि सिंहदरबार प्रहरी वृत्तका प्रहरी आएर ढोका खोल्न लगाएका छौं’ उनले भने ।

यता, सदस्‍य मोदीले आफू बुधबारदेखि कार्यालय आइरहेको भएपनि हाजिरी गर्न नदिएपछि कार्यबाहक अध्यक्षको कार्यकक्षमा ताला लगाइदिएको स्वीकार गरिन् ।

उनले भनिन्, ‘ म बुधबारदेखि आयोगको कार्यालयमा हाजिर छु। तर मलाई कार्यबाहक अध्यक्ष ज्यूले हाजिरी गर्न नै दिनु भएन। त्यसैले आज ताला लगाइदिएँ।’ पछि आफैले प्रहरी बोलाएर खोल्न लगाएको सदस्‍य मोदीले बताइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि