५ मंसिर २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

थारू भसा साहित्य केन्द्र नेपालको दोस्रो महाधिवेशन सम्पन्न, भुलाई चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

१८ जेठ, काठमाडौं । थारू भसा साहित्य केन्द्र नेपालमा भुलाई चौधरीको नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति चयन भएको छ । थारू भसा साहित्य केन्द्र नेपालको दोस्रो अधिवेशनले नयाँ कार्यसमित चयन गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा बुद्धसेन चौधरी, महासचिवमा सियाराम चौधरी र सचिवमा सहदेव चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा राकेश सिंह थारू चयन भएका छन् ।

यस्तै सदस्यहरूमा रामस्वागत चौधरी, कल्पना चौधरी, इन्दु सिंह थारू, आशिष चौधरी, उदय नारायण चौधरी र सुमन कुमारी चौधरी चयन भएका छन् ।

अधिवशेनले थारू भाषा र साहित्यमा योगदान दिने तीन जना व्यक्तित्वहरूलाई सम्म‍ान गरिएको थियो ।

सम्मानित हुनेहरूमा साहित्यकार तथा पत्रकार डा. कृष्णराज सर्वहारी, हास्यकलाकार तथा समाजसेवी एवं लेखक शत्रुधन चौधरी र कवियित्री तथा साहित्य अनुरागी संतोषी चौधरी लगायत रहेका छन् ।

अधिवेशनको प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारू युवाहरू अब साहित्य र सृजनामा पनि जाग्‍नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न संघसंस्थाहरूको प्रतिनिधि एवं बौद्धिक व्‍यक्तित्वहरूको बाक्लो उपस्तिथि रहेको थियो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि