२७ आश्विन २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

रौतहत । पर्सामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन ।

 

वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेलको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

ट्याक्टर तीब्र गतिमा रहेका कारण अनियन्त्रित भई सडकबाट झन्डै १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवाष भट्टले बताए ।

 

उनका अनुसार ट्याक्टरमा नम्बर प्लेट उल्लेख नभएको र भेडाहा खोलाबाट माटो बोकेर बगहीतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना परेको हो। ट्याक्टर दुर्घटनामा घाइते भएका जयकुमार मण्डलको नारायणी अस्पतालमा उपचार भइरहेको डीएसपी भट्टले जानकारी दिए ।यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि