२७ आश्विन २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

जिप र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक जना घाइते

रौतहट । पर्साको पटनी चौकमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भारतको पूर्वी चम्पारण बस्ने ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

बहुदरमाई नगरपालिका–५, पटनी बस्ने १९ वर्षीय रोशन कुमार बर्णवालको अवस्था गम्भीर रहेको र उपचार भइरहेको पर्सा प्रहरीले जानएको छ । डकैला चोकबाट पटनीतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो गाडी आपसमा ठोक्किएर दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

 

बहुदरमाई नगरपालिका अन्तर्गत महुवन नजिकै पटनी चौकमा शनिवार राती करिब साढे ९ बजे सवारी दुर्घटना भएको हो । सवारी दुर्घटनापछि दुवै साधन निर्माणाधीन नालीमा खसेपछि आगलागी भएको थियो ।

 

सखुवाप्रसौनी गाउँपालिकाको वरुण यन्त्र (दमकल) घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।आगोले जिप पूर्णरूपमा क्षतिग्रस्त भएको छ । घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि