१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार

राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनले उक्त निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेकोसूचना अधिकारी पार्वती हितानले अनलाइनखबरलाई जानकारी दिइन् ।

गत जे २० गते पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए ।

त्यसअघि उनीहरूबीच स्पष्टीकरण सोध्ने र बुझाउने क्रम चलेको थियो । पाण्डेले बुझाएको स्पष्टीकरण आफूलाई चित्त नबुझेको भन्दै गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए ।

उक्त निलम्बनविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि