२७ आश्विन २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द

काठमाडौं । भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरिरहेको एयर इन्डिया फ्लाइट AI-171 बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि उक्त विमानस्थल केही समयका लागि बन्द गरिएको छ ।

 

 

बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको हो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए ।

जसमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, ७ जना पोर्चुगली नागरिक र  एक जना क्यानाडाली नागरिक रहेका थिए ।

 

 

विमानले रनवे २३ बाट उडान भरेको दुई मिनेटमै एअर ट्राफिक कन्ट्रोल (एटीसी) ले आपतकालीन संकेत जानकारी दिएको थियो । तर, त्यसपछि ककपिटबाट कुनै सम्पर्क प्राप्त हुन सकेन ।

 

 

प्रारम्भिक रिपोर्टअनुसार विमानको पछाडिको भागले एउटा रुखमा ठोक्किँदा नियन्त्रण गुमेर विमान विमानस्थलको परिधिबाहिर खसेको हो । त्यसपछि विमान नजिकैको संरचनामा ठोक्किएको र घटनास्थलबाट बाक्लो कालो धुँवा उडेको बताइएको छ ।

 

 

दुर्घटनापछि उद्धार तथा दमकल टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए । केही यात्रु र चालक दलका सदस्यहरू घाइते भएको प्रारम्भिक जानकारी आएको छ, यद्यपि कति घाइते छन् र तिनीहरूको अवस्था कस्तो छ भन्ने विषयमा पुष्टि हुन बाँकी छ ।

 

 

घट्नापछि विजयवाडामा रहेका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडू अहमदाबाद पुगेका छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि