Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

News and Updates
1 दिन अघि

२९ जेठ, काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो ।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ ।

बोइङ ७८७८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।

दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया