७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित

२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार पनि कार्यसूचीमा प्रवेश गर्न सकेन । दिउँसो १ बजेका लागि तय भएको बैठक दुई पटक स्थगित भएर साँझ साढे ६ बजे मात्रै बस्यो ।

बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । त्यसपछि सत्तापक्षका सांसदले समेत उठेर जनताका कुरा राख्न नपाएको गुनासो गरे ।

सत्तापक्ष र प्रतिपक्षको हो–हल्लाका बीच प्रतिनिधि सभाको बैठक सभामुख देवराज घिमिरेले सोमबार दिउासो २ बजे बस्ने गरी स्थगित गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।

प्रतिनिधि सभाको बैठक यही जेठ १३ गते देखि सौहार्द बन्न सकिरहेको छैन ।

यसअघि दैनिक बैठक बोलाइए पनि अवरोधका कारण चल्न सकेको छैन ।

आइतबारसम्म आइपुग्दा माओवादी र रास्वपा कांग्रेसको प्रस्ताव अनुसार मध्यमार्गी प्रस्तावमा अगाडि बढ्न लचक भएपछि कांग्रेस नेताहरू एमालेसँगको छलफलमा जुटेका छन् । यद्यपि सहमति जुटिसकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएपछि भिजिट भिसा प्रकरणको समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति बनाउने विषय कांग्रेसले अगाडि सारेको हो ।

त्यस्तो समितिले २०६४ साल यता भिजिट भिसाको नाममा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन भएरनभएको हेर्ने गरी कार्यक्षेत्र तोक्ने गरी मध्यमार्गी प्रस्ताव अगाडि बढेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि