१७ कार्तिक २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

१ सय ६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद

रौतहट । पर्साबाट सशस्त्र प्रहरीको टोलिले १ सय ६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्सा र प्रहरी सशस्त्र सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलीले बिन्दवासिनी गाउँपालिका–४ स्थित अमरपट्टी नाकाबाट बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएको गहुँ र चामलको कनिका संयुक्त सुरक्षाकर्मी टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घरअगाडिको खेतमा जम्मा गरेर राखेकै अवस्थामा बरामद गरिएको हो । जसको बजार मूल्य रु २ लाख ३१ हजार २० रुपैया बराबर रहेको जनाइएको छ ।

५३ क्वीन्टल गहुँ  र  ११ क्वीन्टल ६४ केजी चामलको कनिका रहेको उल्लेख गर्दै उनले आवश्यक कारबाहीका लागि  वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए । सशस्त्र प्रहरीले भारतबाट भन्सार नतिरी खाद्यान्न नेपाल भित्र्याउने क्रम बढिरहेको र त्यसलाई नियन्त्रण गर्न सिमा क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि