२१ फाल्गुन २०८२, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

एमगज’ नामक हात्तीले दुःख दिएको गुनासो

रौतहट । रौतहटको चन्द्रपुर नगर क्षेत्रमा ‘एमगज’ नामक जङ्गली हात्तीले घरटहरा तथा खेतीबारी क्षती पुर्याएको छ ।

चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा  यस हात्तीले प्रायः दैनिक जसो क्षती पुर्याउने गरेको छ । जङ्गली हात्तीले जुडिबेलाका कमलबहादुर विक, बद्री कार्की, उमेश थापा, प्रदीप बम्जन, शुक्र पुलामी लगायतको घरटहरा भत्काइसकेको छ ।

हात्तीले गैडाटार क्षेत्रको साइँला गोले, बोम्जन साइँला, मीना राई लगायतको घरटहरा भत्काइसकेको छ भने खेतीबारी क्षती पुर्याएको चन्द्रपुर नगरपालिका–वडा नं ३ वडाअध्यक्ष बोधनाथ देवकोटाले बताए ।

उनका अनुसार हात्तीले केरा खेतीमा बढी क्षती गरेको छ । झयस क्षेत्रमा केहि महिना अघि घाइते अवस्थामा हात्ती देखिएको थियो ।

उनले भने, ‘पटक पटकको उपचारपछी अहिले निको भएको हुन सक्छ ।’

हात्तीको दाया खुट्टामा गहिरो घाउँ हुँदा हिड्डुल समेत राम्रो सग गर्न नसक्ने अवस्थामा थियो उनले भने ।राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र बन्यजन्तु प्राबिधिक तीर्थ लामाको टोलिले  दुई पटक घाईते हातीको उपचार गरेपछि निको भएको हुन सक्ने उनको भनाइ छ । तर स्थानीयले भने  हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानतरण गर्ने माग गर्दै आएका छन .

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि