Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विद्यालयमा भर्ना अभियान र पठनपाठन दुबै सँगसँगै

News and Updates
14 घण्टा अघि

रौतहट । रौतहटमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाईसँगै अघि बढाएका छन् ।

नेपाल शिक्षक महासंघको आव्हानमा चैत २० गते देखी बैशाख १७ गते सम्म भएको २९ दिने शैक्षिक हडतालका कारण विद्यार्थी भर्ना अभियान प्रभावित भएको थियो । शैक्षिक हडताललाई मध्यनजर गर्दै विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाई सँगसँगै अघि बढाएको श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानध्यापक राम प्रमेश पटेलले बताए ।

उनका अनुसार सार्वजनिक बिदाको दिन पनि विद्यार्थी भर्ना अभियान र पठनपाठनलाई निरन्तरता दिइएको छ ।

मंगलबार मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा दिएको सार्वजनिक बिदाका दिन पनि पठनपाठन गरेको उनको भनाइ छ ।

नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित हुन नदिन घरदैलो कार्यक्रम, पाठयपुस्तक बितरण लगायतका कार्य हुदै आएको सामुदायिक विद्यालयका शिक्षकहरु बताउँछन ।

शिक्षक, कर्मचारी, जनप्रतिनिधि, व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थी आफै पनि भर्ना अभियानबारे जानकारी दिन विभिन्न बस्तीमा पुगिरहेका छन् । विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गरिएको श्री जगदम्बा आधारभूत विद्यालय जेठरहिया सुकदेव चोकले बताए ।

चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलका अनुसार यहाँका अधिकांश सामुदायिक विद्यालयमा अग्रेजी माद्य्यमा पठन पाठनसँगै दिवा खाजा र छात्रबृति जस्ता कार्यक्रमले विद्यालय भर्ना अभियान प्रभावकारी हुँदै आएको छ । विद्यालय भर्ना अभियान ढिलो भएपनि यहाँ सामुदायिक विद्यालयले दिएको निरन्तरताको उनले प्रशसा गरे ।

रौतहटमा १८ वटै पालिकाका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाई अघि बढाएका छन ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया