३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् ।

आइतबार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष लिङ्देनसहित बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाललगायत पक्राउ परेका थिए ।

निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको कार्यक्रम थियो ।प्रदर्शनका क्रममा पक्राउ परेका लिङदेनसहितका नेताहरु करिब ४ घण्टापछि रिहाइ  भएका हुन् ।

अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि