२१ फाल्गुन २०८२, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सिरहा चोहर्र्वामा संचालित औषधी पसलले विरामीलाई ठगेको आरोप

सिरहा । सिरहाको पुरानो चोहर्वामा रहेको बेनाम औषधी पसलमा सेवाग्राहीलाई ठगेको पाइएको छ ।

नरहा गाउँ पालिका वडा नम्बर २ बाट औषधी लिन गएका एक बिरामी सोही बेनाम औषधि पसलबाट ठगिएका छन् ।

एक विरामीलाई डाक्टरले चेकगरि औषधी लेखेर दिएपछि पसलबाट त्यसको सट्टा भन्दै अर्कै औषधी दिँदै आएको स्थानीयले बताए । सट्टामा औषधी दिने चलन सो पसलमा एमआरबाट औषधी बेच्ने लक्ष्य मात्र राखेको बताइन्छ ।

वडा नं. २ का विरामी राजन यादवले औषधी लिएर गएको तथा औषधी खान छाडेपछि मात्र पेट दुःखाई कम भएको थियो । पेट दुखाई कम भएपछि उनले औषधी फिर्ता गर्न पसल गएपछि पसल संञ्चालकले औषधी फिर्ता गरिदिएनन् । बिना दर्ताको संञ्चालनमा रहेको औषधी पसल बेनाम रहेको छ ।

औषधी पसलले दिएको कालाभाम नामक ट्याबलेट फिर्ता गर्न गएपछि फिर्ता नगरेको गुनासो विरामीले गरेको छ । औषधि पसल संचालक सुनिल सिंहले औषधी फिर्ता नगर्नु पसलको गल्ती रहेको स्वीकारे ।

सो सन्दर्भमा गोलबजार नगरपालिकाका स्वास्थ्य संस्थाका संयोजक सरोज कर्णले बजारबाट जसरी अरु समान फिर्ता हुन्छ, त्यसरी नै औषधि पनि फिर्ता हुनुपर्छ यदि फिर्ता नगरे उनको बदमासी हो । यसबारे बुझेर थप बताउने उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि