१८ कार्तिक २०८२, मंगलवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मुख्यमन्त्रीको सिंहको निर्देशन : तत्काल तलब भुक्तानी गर्नुहोला

जनकपुर । मधेश प्रदेशका अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको केही महिनादेखि तलब नपाएको विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्तीमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिँदै संघ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेको उल्लेख गरेका छन् । उनले प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

साथै, उनले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तलब भुक्तानीमा ढिलाइ हुन नदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको प्रतिवद्धताअनुसार अब करार स्वास्थ्यकर्मीहरूको तलब समस्या समाधान हुने निश्चित भएकोले कार्यरत कर्मचारीहरूलाई नियमित रूपमा सेवामा खटिन आग्रह गरिएको छ ।

नेपाल चिकित्सक संघ, मधेश प्रदेश समितिले करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समस्या समाधानका लागि गरेको पहलप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै धन्यवाद व्यक्त समेत गरिएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि