८ पुष २०८२, मंगलवार
अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

गरुडा आगलागी अपडेट : सात घर जले, १३ लाख २० हजारको क्षति

रौतहट । रौतहटको गरुडा तरकारी बजारमा भएको आगलागिमा करिव १३ लाख २० हजार बराबरको क्षति भएको छ ।

गरुडा नगरपालिका वडा नम्वर ४ स्थित तरकारी बजारमा शुक्रवार विहान ९.४० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

पसलमा खाना पकाउने क्रममा सल्किएको आगोले सात वटा फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए ।

उनका अनुसार गरुडा ८ जिगडियाका शेख कमाउद्दिनले संचालन गरेको मासु पसलमा एक लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा दुई लाख, राजेन्द्र साहको फुसको पसल र सुजितकुमार चौधरीको खाजा पसलमा गरी ३ लाख ५० हजार, गरुडा नपा ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नपा ९ डुमरिया बस्ने सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख बराबरको क्षति भएको छ । गौर नगरपालिकाबाट आएको बारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि