८ पुष २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार समाज

संविधानले दिएको अधिकारलाई अझै उपयोग गर्न सकिरहेका छैनौं : गृहमन्त्री लेखी

जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले अझैसम्म संविधानले दिएको अधिकारलाई उपयोग गर्न नसकिएको बताएका छन् ।

सोमबार मिडिया काउन्सिलद्वारा जनकपुरधाममा आयोजित पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठिमा गृहमन्त्री लेखीले तीन तहको सरकार बनेपनि संविधानमा उल्लेखित अधिकारहरुको आभाव हुन नसकेको गुनासो गरेका छन् ।

उनले संविधानमा स्वेत प्रदेश, स्वेत क्षेत्र, स्वेत इलाका बाउने उल्लेख भएतापनि अहिलेसम्म बन्न नसकेको प्रति चिन्ता व्यक्त गरे । यसप्रति न कुनै राजनीतिकर्मी न कुनै राजनीतिक दल र न कुनै सञ्चारकर्मीले ध्यान दिएको उनले बताए ।

स्वेत संरचना निर्माण भएमा बढि भन्दा बढि अधिकार प्राप्त हुने र ती अधिकारको उपयोग गरी सहज ढंगले विकासका कार्यहरु अगाडि बढ्नसक्ने उनले जानकारी दिए । यो संरचनाबाट सबैभन्दा बढी लाभ दलित र उत्पीडनमा परेका समूदायहरुले लिन सक्ने गृहमन्त्री लेखीले बताए ।

संविधानका विषय वस्तुमा राजनीतिक दल र सञ्चारकर्मीहरुले ध्यान दिनुपर्ने गृहमन्त्री लेखीले सुझाव दिए । कार्यक्रममा सञ्चारकर्मीहरुले आ–आफ्ना गुनासो राख्नुका साथै समाचार संकलनको क्रममा भोग्नु परेको पिडाहरु सुनाएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि