८ पुष २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार समाज

मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा

जनकपुरधाम, ८ चैत । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु भएको छ ।

‘सार्वजनिक सेवा प्रवाहमा भरपर्दो साधन समानुपातिक प्रतिनिधित्वको निजामती प्रशासन’ नारासहित आयोजित सो महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको केन्द्रिय कार्यसमिति बबरमहल काठामाडौँद्वारा आयाजित उक्त महाधिवेशनमा ३१ जिल्लाका करिब तीन सय मधेशी निजामती कर्मचारीको सहभागिता रहेको छ ।

सो महाधिवेशनमा मधेशी कर्मचारीको हकहितका साथै उनीहरुले भोग्नुपरेका समस्याबारे कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल गर्ने तथा नयाँ नेतृत्वको चयन हुने मञ्चका केन्द्रिय अध्यक्ष ताहिर हुसैनले जानकारी दिए ।

विसं २०६२÷ ६३ को आन्दोलन पश्चात् सुरु भएको मधेश आन्दोलनबाट मधेशीको हकहितका लागि मधेशी निजामती कर्मचारी मञ्च गठन भएको हो ।

महाधिवेशनको उद्घाटन गर्दे मधेश प्रदेशका सांसद रामआशिष यादवले मधेश आन्दोलन भएको १८ वर्ष वितिसक्दा पनि मधेशीको समस्या जस्ताको त्यस्तै रहेकाले मधेशी समुदाय एक हुनुपर्ने आवश्यक्ता छ भने ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष लालबाबु यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अजय झालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि