८ पुष २०८२, मंगलवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

रौतहट एसइइ परीक्षाः ४ सय २४ थान मोवाईल बरामद

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४ सय २४ थान मोवाईल सेट परीक्षा अनुगमन समितिले बरामद गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा अन्तर्गत बिहिवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका  लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोबाईल लुकाइ छिपाई परीक्षा हल भित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला परेको हो ।

परीक्षामा अमर्यादित क्रियाकलाप र  परीक्षार्थीहरुलाई चिट चोर्नमा सहयोग गरेको अवस्थामा श्री यमुनामाइ माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रबाट एक र श्री लक्ष्मीनिया माध्यमिक विद्यालय मौलापुरबाट एक गरि दुई जनालाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए । उनका अनुसार झुन्खुन्वा परीक्षा केन्द्रमा परीक्षार्थीहरु बाट केही रकम लिइ परीक्षा केन्द्रमा मोवाईल प्रवेश गराउने परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो ।मौलापुर परीक्षा केन्द्रमा बाहिर बाट चिट पुर्याउने कार्यमा सग्लन एक जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका दुई जनालाई परीक्षा मर्यादा भंग गर्ने कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिइ अनुसन्धान भै  रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले  जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि