८ पुष २०८२, मंगलवार
मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

चोक नामाकरण विवादमा पाँच बुँदे सर्वपक्षीय सहमति

जनकपुर । धनुषाको सबैलामा चोक नामाकरण सम्बन्धि उत्पन्न भएको विवादलाई समाधान गर्नका लागि पाँच बुँदे सहमति भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषा, सुरक्षा प्रमुख, जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयहरुबीच भएको छलफलमा विभिन्न पाँच बुंदे सहमति भएको छ ।

सर्वपक्षीय सहमतिमा सबैला नगरपालिकाले विवादित चोकको आगामी दुई महिनाभित्र नामाकरणका गरिने निर्णय भएको छ । यससम्बन्धी निर्णयमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा नगरपालिकाले जिल्ला सुरक्षा समितिसंग समन्वय गर्ने भएको छ ।

त्यस्तै, घटनामा घाइते भएका व्यक्तिहरूको उपचार र क्षतिपूर्तिका लागि जिल्ला सुरक्षा समितिले गृहमन्त्रालयसंग समन्वय गर्ने निर्णय भएको छ । विवादित चोकको नामाकरण नहुँदासम्म सो स्थानको अवस्था परिवर्तन नगर्ने सहमतिसमेत भएको छ ।

घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा एक समितिको गठन गरिएको छ । समितिको प्रतिवेदनका आधारमा थप निर्णय गरिनेछ ।

सर्वपक्षीय सहमति पत्रमा सबै पक्षलाई संयमित र सम्मानजनक व्यवहार गर्न आग्रह गरिएको छ । चोकको नामाकरण नभएसम्म सबै पक्षले एक अर्कासँग शान्तिपूर्वक र सम्मानपूर्वक व्यवहार गर्ने सहमति गरेका छन् ।

चोकको नामकरणलाई लिएर उत्पन्न विवादका क्रममा सोमबार प्रहरीले चलाएको गोली, शहिदनगरका २० वर्षीय युवक संतोष यादवलाई लागेको थियो । अहिले यादवको उपचार काठमाण्डौमा भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि