८ पुष २०८२, मंगलवार
प्रदेस समाचार मधेश समाचार समाज

जनज्योती बहुमुखी क्याम्पसमा मतदान सकियो, मतगणनाको तयारी

रौतहट । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान शान्तिपूर्ण रुपमा सकिएको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि मंगलवार बिहानबाट मतदान सुरु भएको थियो  ।

स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन कार्यतालिका अनुसार मंगलवार विहान ८ बजे देखि दिउँसो ४ बजेसम्म मतदान भएको निर्वाचन समितका संयोजक बिनोद तिमल्सिनाले बताए ।

उनका अनुसार २ हजार ९५४ मतदाता  रहेको यस क्याम्पसम एक हजार ६८७ मत खसेको छ। लामो समय पछी  भएको स्ववियु चुनावमा मतदान गर्न बिद्यार्थीहरुको सक्रिय र उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ ।

मतदानको समय सकिएकाले अब मतगणनाको  तयारी थालिएको निर्वाचन समितका संयोजक तिमल्सिनाले बताए ।

उनका अनुसार मतगणनाको लागी अबको  केहि समयमा सर्वपक्षिय भेला बस्ने र अचारसंहिता बनाइने छ । सम्भावत बेलुका सम्ममा नतिजा प्रकाशन गर्नेगरि तयारी थालिएको उनको भनाइ छ ।

ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनज्योती बहुमुखी क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि मतदान शान्त बाताबरणमा सकिएको र मतगणनामा पनि प्रहरी परिचालन गरिने ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ  ।

जनज्योती बहुमुखी क्याम्पसमा  स्ववियु निर्वाचनका लागि नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन र संयुक्त समाजबादी विद्यार्थी युनियन नेपाल गरि चार संगठनले प्यानलसहित उमेदवारी दर्ता गराएको थियो । जनज्योती बहुमुखी क्याम्पसको स्ववियु चुनावमा ३४ जना उम्मेदवारहरु मैदानमा छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि