२० फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

जनज्योती बहुमुखी क्याम्पसमा स्ववियुको मतदान हुँदै

रौतहट । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तालिका अनुसार मतदान भैइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन कार्यतालिका अनुसार मंगलबार विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि मतगणना गरिने कार्यतालिका छ ।

जनज्योती बहुमुखी क्याम्पस अहिले शान्तिपुर्ण रुपमा मतदान भैइरहेको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

जनज्योती बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चार विद्यार्थी संगठनबीच प्रतिस्पधा हुँदैछ । नेपाल बिद्यार्थी संघको तर्फबाट अध्यक्षमा मोहम्द नौसाद आलम, सचिबमा शाहिल पुरी कोषाध्यक्षमा सम्झना कुमारी चौधरी र अखिल क्रान्तिकारीबाट अध्यक्षमा अजय पटेल, सचिवमा सुष्मिता घलान, कोषाध्यक्षमा अनिसा चौधरी प्रतिस्पधामा छन्, भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनको तर्फबाट अध्यक्षमा दामोदर उप्रेती सचिवमा शुभ श्रेष्ठ, कोषाध्यक्षमा अभिशेष कुमार चौधरी र संयुक्त समाजवादी विद्यार्थी युनियन नेपालकोे तर्फबाट अध्यक्षमा राजन चौधरी, सचिवमा सुजन राई, कोषाध्यक्षमा दिनिया कुमारी चोधरीले मनोनयन दर्ता गरि चुनावी प्रतिस्पर्धामा छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि