६ पुष २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीमा सुरु

जनकपुर । जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीको बर्दिबासमा आज(आइतबार)बाट सुरु भएको छ ।
दुई दिनसम्म चल्ने उक्त बैठकमा पाँच एजेन्डामा छलफल हुने जनाइएको छ ।

बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन् ।

बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए । बैठकमा उपस्थित हुन अध्यक्ष डा.सिके राउत शनिबारनै जनकपुरधाम आएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि