७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

महाविर युवा किमिटिको नव अध्यक्षमा दिपक साह निर्वाचित

जनकपुर । जनकपुरधामको चर्चित महाविर युवा कमिटिको अध्यक्षमा दिपक साह मिन्टु निर्वाचित भएका छन् ।
शनिबार भएको मतदानमा कुल ४ सय ७ मतदाता मध्ये ३ सय ४० मत खसेकोमा विजयी भएका दिपक साह (मिन्टु) १ सय ७१ र उपविजेता दिपनारायण साह १ सय ६७ मत प्राप्त गरेका छन् । उनीहरुबीचको
जित र हारमा मात्र चार मतको मतान्तर छ ।

त्यसैगरी उपाध्यक्षमा अनिल कुमार साह विजयी भएका छन् । उनले २ सय १६ सर्वाधिक मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी रञ्जित कुमार साह १ सय ११ र सतिश चन्द्र साह १२ मत पाएका छन् ।

महासचिवमा भरत कुमार साहले बाजी मारेका छन् । उनले १ सय ५५ ल्याउँदा रञ्जन जयसवाल १ सय ११ र सन्तोष कुमार साह ७१ मत प्राप्त गरेका छन् ।

सचिवमा १ सय ५५ मत सहित प्रदिप कुमार साह विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी मनोज कुमार भगतले १ सय ८ मत र भुल्ला कुमार नागवंशी ७५ मत ल्याएका छन् ।

कोषाध्यक्षमा अनिल कुमार प्रसाद पण्डा जी २ सय २६ मत पाएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नितेश जयसवाल १ सय १४ मत प्राप्त गरेका हुन ।

पाँच पदाधिकारी र ६ कार्यकारी सदस्य सहित कुल ११ सदस्सीय कार्यसमितिका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

अध्यक्षमा दुई, उपाध्यक्षमा तिन, महासचिवमा तिन, सचिवमा २, कोषाध्यक्षमा दुई र ६ सदस्यका लागि ८ जना उम्मेदवार बनेका थिए । जनकपुरधामको प्रसिद्व श्री राम र श्री राजदेवी मन्दिरको व्यवस्थापन सहितको सम्पुर्ण अभिभारा कमिटिको जिम्मामा रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि