११ मंसिर २०८२, बिहीबार
मधेश मुख्‍य समाचार समाचार समाज

नगर प्रमुख विरुद्धमा नाराबाजी सहित टायर बालेर प्रदर्शन

रौतहट । गौर राइस मिलको जमिन बिक्री हुन लागेको भन्दै शुक्रबार बिहान गौरमा बिरोध गरिएको छ ।
गौर राइस मिल बचाउ अभियानले गौर बिपि चोकमा टायर बालेर प्रदर्शन गरेको हो ।

नगरपालिकाका नगर प्रमुख विरुद्धमा चर्को नाराबाजी सहित टायर बालेर प्रदर्शन गरेको छ । विगत केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयहरूले शुक्रबार पनि निरन्तरता दिएका हुन् ।

गौर राइस मिलको जमिन नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने पालिकाको बोर्डबाट निर्णय भएको थियो । सोही निर्णयको विरुद्धमा गौर राइस मिल बचाउ अभियान आन्दोलित भएको हो ।

अभियानका नेता बजरंगी गुप्ताका अनुसार गौर नगरपालिका नगर प्रमुख शम्भु साहलाई उक्त निर्णयलाई सच्याउन आग्रह सहित ज्ञापन पत्र समेत बुझाइसकेको उल्लेख गरेका छन् ।

गौर नगरपालिकका नगर प्रमुख साहले २ विगहा १५ कट्ठा जग्गा निशुल्क पालिकालाई दिने सर्तमा यस्तो निर्णय गरेको बताए ।

गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न रकम अपुग हुने भएकाले सो निर्णय गरेको उनको भनाइ छ । यस विषयमा मुख्यमन्त्री सतिश कुमार सिंहले समेत ध्यानाकर्षण भएको जनाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि