७ पुष २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

राइस मिलको जमिन विक्री नगर्न माग गर्दै प्रदर्शन

रौतहत । रौतहटको गौर राइस मिलको जमिन विक्री नगर्न माग गर्दै संघर्ष समितिले प्रदर्शन गरेको छ ।

गौर राइस मिलको जग्गा बचाउ समितिले चर्को नाराबाजी सहित निस्केको जुलुसले गौरको विपी हुदै अदालत, जिल्ला प्रशासन, खानेपानी हुँदै गौर नगरपालिकाको कार्यालय अगाडी आएर समापन भएको हो ।

सो समितिले गौर नगरपालिका नगर प्रमुख शम्भु साहलाई ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्र बुझाउदै युवा नेता बजरंगी गुप्ताले नगरवासीको हितका लागि उक्त निर्णयलाई सच्याउन आग्रह गरेका छन । यदी त्यसो नभएमा चरणबद्ध रुपमा संघर्ष जाने उनले चेतावनी दिए । जिल्ला प्रशासन कार्यालयमा गएर सहायक प्रमुख जिल्ला अधिकारी नविन यादव समक्ष पनि ज्ञापन पत्र बुझाएको उनले  बताए । गौर नगरपालिकका नगर प्रमुख साहले २ विगहा १५ कट्ठा जग्गा निशुल्क पालिकालाई दिने सर्तमा यस्तो निर्णय गरेको बताए ।

गौर राइस मिलको जग्गा अधिग्रहण गर्न रकम अपुग हुने भएकाले सो निर्णय गरेको उनको भनाइ छ । गौर नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने नगरपालिकाको बोर्डबाट निर्णय गरेको उनले स्पष्ट पारे । यस निर्णयको बिरोधमा समाजिक सन्जालमा केहिले बिरोध गर्दै  टीका टिप्पणी गरेका छन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि