५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

इस्लाम धर्मावलम्बीद्वारा माध्यमिकी परिक्रमाका यात्रीको स्वागत

महोत्तरी, २१ फागुन । इस्लाम धर्मावलम्बीले मडैबाट ध्रुवकुण्ड पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज स्वागत गरेका छन् ।

परिक्रमा यात्राको सातौँ दिनको रात्रि विश्रामस्थल ध्रुवकुण्ड हो जहाँ इस्लाम धर्मावलम्बीको बाहुल्य छ ।

बलवा नगरपालिकाका रौजा, धमौरा र अधियानपुरका इस्लाम धर्मावलम्बीले यात्रीलाई खादा र माला लगाइ दिएर स्वागत गरेका हुन् ।

सत्ययुगमा राजा उत्तानापाद र सौतेनी आमाको अपमान सहन नसकेर राजकुमार ध्रुवले तपस्या गरेका स्थान मानिने ध्रुवकुण्ड हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो ।

हिन्दू धर्मावलम्बीको पवित्रस्थल ध्रुवकुण्डसँगै मुस्लिम परम्पराका सुफी सन्त गदालीबाबा, बहार अलीबाबा र रहमत अलीबाबाको पवित्र मजार छन् । धमौराका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता मन्सुल कवारी भन्छन्, “हिन्दूहरू मजारस्थलमा श्रद्धा जनाउँदै आशिष माग्न आउँछन्, हामी इस्लाम धर्मावलम्बी ध्रुवकुण्डको विकासबारे चासो राख्छौँ ।” मजार र ध्रुवकुण्ड आफ्नो स्थान चिनाउने पवित्रस्थल भएको हुँदा हिन्दू र मुसलमान दुवैले मानसम्मान गर्ने कवारी बताउछन्।

आज ध्रुवकुण्डको बासपछि यात्री भोलि महोत्तरीको अन्तिम विश्रामस्थल कञ्चनवन प्रस्थान गर्नेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि