२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

पानी जहाज संचालन गर्न वन क्षेत्रबाटै अवरोध भइरहेको गुनासो

काठमाडौं । नेपाल पानीजहाज कार्यालयका सिनियर डिभिजनल इन्जिनियर का.मु रजिष्ट्रार मणिराम भुषालले आन्तरिक जलमार्गको लागि सबैभन्दा ठूलो अवरोध वन क्षेत्र रहेको बताएका छन् ।

मंगलबार विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी छलफल कार्यक्रममा उनले मोटरबोटले वनमा कुनै असर नगर्ने हुँदा पनि वनलाई छुनै नहुने जस्तो कुरा गरेको भन्दै यो एकदमै ठूलो समस्या रहेको बताए ।

उनले भने, ‘आन्तरिक जलमार्गको लागि हाम्रो सबैभन्दा ठूलो अवरोध भनेको वनको हो । किनभने उहाँहरुले जलमार्ग हाम्रो हो भन्नु हँदोरहेछ । त्यसकारण यो एकदमै ठूलो समस्या हँदोरहेछ । बर्खामा ठूला ठूला बाढी आउँछ वनबाट नआइज भन्न मिल्दैँन् । मोटर बोटले त पानी हल्लाउने काम मात्रै गर्छ । तर वनलाई छुनै पाइदैँन् भन्ने जस्तो कुरा गर्नु भएको छ ।’

यसको साथै, उनले दुई छिमेकी देशले देश विकासका ठूला ठूला काम गर्दैगर्दा  नेपाल एउटा सानो आर्थिक क्षेत्रको पाटोलाई पनि अगाडि बढाउन नसकेको बताए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि