राजविराज — सप्तरीको सप्तकोसी नगरपलिका–१ फतेपुरको खोरिया टोलमा सोमबार बिहान बाघ पसेको छ ।
बाघको आक्रमणवाट गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएको प्रहरीले जनाएको छ । बिहानै बाघ बस्तीमा पसेपछि अहिले उक्त क्षेत्रमा सर्वसाधारणको भागाभाग भएको छ ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो केही समयदेखि उक्त बाघ एउटा फर्निचर उद्योगमा बसिरहेको छ ।
बाघलाई खेद्न प्रहरी चौकी फत्तेपुरका प्रहरीहरु परिचालित छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट सवन्मय गरी बाघलाई बस्तीबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।







