२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

युवा केन्द्रित भएर संगठन बिस्तार अभियानलाई अघि बढाउन एमाले महासचिव पोखरेलेको निर्देशन

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा केन्द्रित भएर संगठन बिस्तार अभियानलाई अघि बढाउन आफ्ना कार्यकर्ताहरुलाई आव्हान गरेका छन् ।

नेकपा एमाले कास्कीको वडा केन्द्रित पार्टी निर्माण अभियानको आज पोखरामा उद्घाटन गर्दै महासचिव पोखरेलले त्यस्तो आव्हान गरेका हुन् । उनले आगामी चुनाबमा हरेक मतदान केन्द्रमा ४० वर्ष मुनिका ६० प्रतिशत मतदाता रहने आंकडा प्रस्तुत गर्दै तिनै मतदातालाई ध्यानमा लिएर संगठन निर्माण तथा सदस्यता वितरण गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

बिज्ञान प्रविधिको विकाससँगै समाज सामाजिक सञ्जालको प्रयोगमा अभ्यस्त हुँदै गएको र त्यसको प्रभाव हरेक घर र परिवारमा परिरहेको अवस्थामा घरको मुली आमालाई केन्द्रित गरेर संगठन बिस्तार अभियान चलाउन पनि उनले आग्रह गरे ।

अहिले संसदका ठुला पार्टी मिलेर सरकार बनाइएको भए पनि आगामी चुनावमा कांग्रेस र एमालेले छुट्टाछुट्टै चुनाब लड्ने दाबी गर्दै नेता पोखरेलले साना पार्टीले ठुला पार्टीमाथि शासन गर्ने प्रवृत्ति बिरुद्ध अहिले कांग्रेस र एमालेले गठबन्धन गर्नु परेको दाबी गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि