२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

संविधानसभा सदस्य सापकोटाको निधन

काभ्रेपलाञ्चोक, ८ फागुन । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए।

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि