२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

नेपाली मूलका नेपाली भाषीहरुको संस्था ‘एएनओको’ पोर्चुगल शाखा गठन

लिस्बन । विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नेपाली भाषीहरुको अन्तर्राष्ट्रिय संस्था ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) को पोर्चुगल शाखा गठन गरिएको छ ।

राजधानी लिस्बनमा भएको भेलाले दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय एएनओको राष्ट्रिय समिति गठन गरेको हो । जसको उपाध्यक्षमा छवि पौडेल, महासचिवमा ध्रुव ठकुरी र कोषध्यक्षमा अनु गुरुङ चयन भएका छन् ।

यस्तै एसोसिएसनको सदस्यहरुमा विष्णु बहादुर घर्ति, अनन्त तिवारी, अर्जुन सोनाम, समिर भट्टराई, उज्वल ढकाल, पुस्कर राज जोशी, अमृत विश्वकर्मा, विमल कार्की, सविना मनाङथेन, किकी मगर, टिका गर्बुजामगर, गोपाल राज पोखरेल, तेन्जी नीमा शेर्पा, दा ल्हामु शेर्पा, सुमी खतिवडा, रञ्जना तामाङ, अधि सोताङ् राई, विरेन राई, पुष्प बाहदुर चलाउने, रेजिना उप्रेति, सुर्य वोहोरा, विक्रम आचार्य र अनुप रानामगर रहेका छन् ।

सो अवसरमा बोल्दै एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपाली मूलका नेपाली भाषीहरु आफ्नो पहिचान स्थापित गर्नका लागि संगठित हुनुपर्नेमा जोड दिए । भट्टराईले संसारभर रहेका नेपाली मूलका नेपाली भाषीहरुलाई संगठित गर्दै नेपालसँग साँस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने उद्धेश्य र परिकल्पनाका साथ एएनओको स्थापना गरिएको बताए ।

एएनओ बोर्ड अफ ट्रस्टीका सदस्य ओमराज गुरूङले नेपाली मूलका नेपालीहरु विश्वको जुनसुकै ठाउँमा रहेपनि आफ्नो भाषा, कला, संस्कृति, र परम्पराको संरक्षण गर्दै सांस्कृतिक एकता मजबुत पार्न एएनओले सहयोग गर्ने बताए ।

एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) एक अन्तर्राष्ट्रिय छाता संगठन हो । विश्वका विभिन्न देशमा बस्ने नेपाली मूलका नेपालीभाषीहरुको बृहत् भेलाले सन् २०२४ मार्चमा थाइलेण्डको राजधानी बैंककमा भुटानमा जन्मेका नेपाली मूलका नेपालीभाषी अमेरिका निवासी समाजसेवी डा. डिल्ली अधिकारीको अध्यक्षतामा अन्तर्राष्ट्रिय समिति गठन गरेको थियोे ।

विश्वभरका विभिन्न मुलुकहरुमा स्थायी रुपमा बसोबास गर्ने नेपालीमूलका नेपालीभाषीहरु आफ्नो जन्मभूमिप्रति समर्पित भई आपसी भाईचारा, सद्भभाव, सहयोग एवं आफ्नो नेपाली जातीय, साँस्कृतिक पहिचानलाई जीवन्त राख्दै संसारभर छरिएका नेपाली मूलका मानिसलाई नेपाली जातिका रुपमा परिभाषित गरी नेपालसंग जोडी नेपालीहरुको सञ्जाल बनाउने उद्देश्य अनुरुप एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरिएको संस्थाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि