२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

जनता जागिसके, तत्काल राजासहितको प्रजातन्त्र घोषणा गरौं : सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन विदेशी चलखेल भएको दाबी गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद धवल शम्सेर जबराले नेपालमा ९४ प्रतिशर ओमकार समूदाय रहँदा रहँदै विदेशीको आडमा धर्मनिरपेक्ष राज्य बनाइएको आरोप लगाएका हुन् ।

उनले भने, ‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु कि ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई चित्त बुझेको छैन । पुन यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात राजासहितको प्रजातन्त्रमा परिणत गर्नका लागि सभामा आग्रह गर्न चाहन्छौं । जनता जागिसकेका छन् । यो कुरामा अब नेपाली जनता चुप लागेर बस्ने स्थितिमा छैन् । भोलि आन्दोलन हुन्छ ।’

साथै उनले नेपाली जनता जागेको दिन यो संसद्लाई अफ्ठ्यारो पर्ने हुँदा बेलामै निर्णय सच्याउन माग गरेका छन् ।

नेपालमा धर्म परिवर्तन गराउन अमेरिकाले डलर खर्च गरेको घटनामा अमेरिकी दूतावासलाई कूटनीतिक नोट पठाउन समेत माग गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि