७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

स्कारपिओ र मालबाहक ट्रक ठोक्किदा पाँचजना घाइते

२९ माघ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित चाँदी पुल नजिक स्कारपिओ र मालबाहक ट्रक एक आपसमा ठोक्किदा पाँचजना घाइते भएका छन् ।

चन्द्रपुरबाट सर्लाही जाँदै गरेका ना.४ च.३६९४ नम्वरको स्कारपिओ र विपरित दिशाबाट आउदै गरेका बा.प्र. ०१–००६ ख ५७२९ नम्वरको मालबाहक ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

पूर्व पश्चिम राजमार्गमा मंगलवार विहान करिब साढे ८ बजे दुबै साधन एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरले जनाएको छ । स्कारपिओका चालक सहित पाँच जना घाइते भएको र उनीहरुको चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार घाइतेहरुको टाउको, निधार, हात, आँखा लगायतका शरीरको विभिन्न भागमा चोट लागेको छ ।

बारा सिम्रौनगढ नगरपालिका वडा नम्वर ७ का २८ बर्षिय सन्तोष कुशवाहाको टाउको, निधारमा चोट लाग्दा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रौतहट मौलापुर नपा ३ का २० बर्षीय सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का १८ बर्षीय प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका ३ मटिअर्वा घर भएका २१ बर्षीय स्कारपिओ चालक रामविनोद महतो र सोही नगरपालिका वडा नम्वर २ का १८ प्रदीप कुशवाहा घाइते भएका छन ।

ट्रक चालक दोलखा जिरी नगरपालिका वडा नम्वर ४ का २८ बर्षिय फुरी तामाङलाई सहित ट्रक र स्कारपिओ इलाका प्रहरी कार्यालय चन्द्रपुरको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ   ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि