७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

धनुषधाम बन्यो मधेस प्रदेशकै पहिलो विद्युत चुहावटमुक्त पालिका

जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा भएको छ ।

धनुषाधाममा शनिबार आयोजित एक कार्यक्रमकाबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषाधाम नगरपालिकालाई मधेश प्रदेशको पहिलो चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन ।

कार्यक्रममा बोल्दै घिसिङले विद्युत सेवाको गुणस्तर सुधार तथा चुहावट नियन्त्रणमा स्थानीय तह, सरोकारवाला र जनताको सहकार्य आवश्यक रहेको र त्यसलाई धनुषाधाले पूर्ण रुपमा निर्वाह गरेको बताए ।

उनले चुहावटमुक्त अभियानले विद्युत आपूर्तिमा सुधार ल्याउने र उपभोक्तालाई नियमित तथा गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान दिने धारणा राखेका थिए ।

कार्यक्रममा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नगरवासीका लागि विद्युत जरिवानामा सहुलियतको माग गर्दै निर्देशक घिसिङसमक्ष किसानहरुका लागि थप विद्युत सुविधा उपलब्ध गराउन अनुरोध गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका बिपन्न नागरिकलाई निःशुल्क मिटर समेत वितरण गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि