१८ कार्तिक २०८२, मंगलवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

प्रहरी र कर्मचारीबिना सरकार हुन सक्दैन : विमलेन्द्र निधि

जनकपुर ।  नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारहरुलाई आफ्नै प्रहरी संगठन र आफ्नै कर्मचारीका लागि देशैभरी इस्यु बनाउनु आवश्यक रहेको बताएका छन् ।

नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसनले आयोजना गरेको संविधान संशोधन आवश्यक्ता र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधिले बिना प्रहरी तथा कर्मचारीको सरकार हुन नसक्ने भएकाले यसलाई देशभरको इस्यु बनाउनु आजको आवश्यक्ता रहेको बताएका हुन् ।

उनले भने, ‘यो नाटक रोक्न यसलाई इस्यु बनाउनुपर्छ र जोडदार आवाज उठाउनुपर्छ। संविधानले नै प्रदेश सरकारहरुलाई आफ्नै प्रहरी तथा आफ्नै कर्मचारीका लागि अधिकार दिएको छ यसलाई कार्यान्वयनमा लाँदा कुनै कठिनाई हुँदैन ।’

निधिले केन्द्रमा कुनै दलका नेताहरुका लागि यो इस्यु नरहेकाले यसलाई हामीले नै इस्यु बनाउनुपर्ने बताए ।

एक अर्को प्रसंगमा निधिले संघियतालाई टिकाई राख्नका लागि संविधान संशोधन आजको आवश्यक्ता रहेको बताए । उनले अहिले कतिपयले संशोधन हुनु हुँदैन बताईरहेका छन्, अहिले संविधान संशोधन भएन भने यो संघिय प्रणालीमाथी नै प्रश्न चिन्ह् खडा हुने तर्फ सचेत गराए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि