४ फाल्गुन २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु

जनकपुर ।   भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना भएको  छ ।  शनिबार महाकुम्भबाट फर्किरहेको अवस्थामा गाडी दुर्घटना हुँदा  ५ नेपालीको मृत्यु भएको छ भने,४  जना घाइते भएका छन्

सबैजना जनकपुरधामकै रहेको बताइएको छ । शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।

बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको प्रत्यक्षदर्शीको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि