७ पुष २०८२, सोमबार
अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

भन्सार छलेर ल्याइएका सामान बरामद

१८ माघ, रौतहट । रौतहट प्रहरी भन्सार छलेर तस्करीको माध्यमबाट भित्रयाइएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतमा रहेका अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएका गस्ती टोलीले तस्करीको माध्यमबाट भित्रयाइएका सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायका अनुसार विभिन्न सवारी साधन रोकेर चेकजाँच गर्ने क्रममा अबैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएका सामान बरामद गरिएको हो ।

प्रहरी टोलिले किराना र कपडा लगायतका सामन बरामद गरेको उनले जानकारी दिए । गौर नगर पालिका वडा न ४ बसपार्क एरियाबाट सामन बरामद भएपनि मानिस पक्राउ नपरेको उनले बताए ।

बरामद गरेको सामानको करिव एक लाख १२ हजार रुपैंयाँ मूल्याकंन गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ । उक्त सामानहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि