७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

अपाङ्गता भएका नागरिकलाई न्यानो कपडा वितरण

रामेछाप । रामेछाप नगरपालिकाले अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
नगरपालिकाको वडा नं ८ का ‘क र ख’ वर्गका अपाङ्गता भएका नागरिकलाई कपडा वितरण गरिएको हो ।
वडा नं ८ का वडाध्यक्ष सन्तोषकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालाकुमारी कार्कीले ज्येष्ठ नागरिकलाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गरिन् ।
कार्यक्रममा ३० जना अपाङ्गता भएकालाई न्यानो कपडा वितरण गरिएको छ । सो वडामा क र ख वर्गका ३० जना अपाङ्गता भएका नागरिक रहेका नगरपालिकाको महिला तथा बालबालिका शाखाकी सरिता बुढाथोकीले जानकारी दिइन् ।
सोही कार्यक्रममा बालविवाह र त्यसको असरको बारेमा सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि