१७ कार्तिक २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

मापदण्ड विपरित रहेको चन्द्रपुर स्केट पार्क शिल गरियो

रौटहट । मापदण्ड विपरित सञ्चालनमा ल्याइएको भन्दै चन्द्रपुर स्केट पार्क नामक स्केटिङ् हाउसमा शिल गरिएको छ । चन्द्रपुर नगरपालिकाको टोलीले शनिबार अनुगमन गर्दा मापदण्ड विपरीत रहेको पाइएपछि शिल गरेको हो ।
स्केटिङ् हाउस दर्ता नरहेको, केही दिन अघि एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट समेत लागेको र बाल श्रमिक राखेको अनुगमनका क्रममा पाइएपछि शिल गरिएको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रवि राना मगरले बताए ।
उक्त स्केटिङ् पार्क हाउसमा एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट लागेको र सो घटनापछि चौतर्फी गुनासो आउन थालेपछि पालिकाले अनुगमन गरेको उनले जानकारी दिए ।
उनका अनुसार चन्द्रपुर नगर स्तरीय बाल सञ्जालका प्रतिनिधि, चन्द्रपुर नगरपालिकाको उपप्रमुख जयमाला चौधरी र चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को वडा अनुगमन संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमनको क्रममा सो स्केटिङ् पार्क दर्ता समेत नभई सञ्चालनमा रहेकाले तत्काल शिल गरि आवश्यक प्रक्रिया अघि बढाइएको वडा अध्यक्ष मगरले बताए ।
चन्द्रपुर ४ लें वडामा रहेका विभिन्न व्यवसायमा बालश्रम हुने गरेको र गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्ने गुनासो बढेको कारण अनुगमनको कार्य लाई तिब्रता दिएको उनले उल्लेख गरेका छन् ।
चन्द्रपुर ४ स्थित बञ्जारा कम्प्लेक्समा रहेको उक्त स्केटिङ् हाउसका संचालकद्वय प्रेम चौधरी र अनिकित राई दास रहेको बुझिएको छ । तर अनुगमनको समयमा उक्त स्थानमा नरहेको नगर उपप्रमुख जयमाला चौधरीले बताइन् ।
टेलिफोन सम्पर्कमार्फत अनुगमनको बारेमा जानकारी गराउँदै नगरपालिका कार्यालयमा उपस्थित हुन समेत भनिएको छ । सुरक्षाको दृष्टिकोणले समेत उच्च जोखिम रहेको र दुर्घटना निम्त्याउने खतरा बढेकाले शिल गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि