७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

धनुषाधाममा लौरो प्रहार गरि महिलाको हत्या, श्रीमान पक्राउ

धनुषा । धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसंग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।
देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरुको भनाइ छ ।
देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि